१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

दिल्ली देखि काठमाण्डौका लागि हिडेको बसबाट ९ लाखको अबैध कपडा बरामद



कपिलवस्तु ।
भारतको दिल्लीबाट काठमाण्डौका लागि हिडेको बसबाट बिहीबार बिहान भन्सार छली गरी भित्राइएको ९ लाख बढी मुल्यको ब्रान्डेड रेडीमेड कपडा कपिलवस्तु नगरपालिका वडा नम्बर ५ डगरीमा बरामद गरिएको छ । गोप्य सुचनाका आधारमा सशस्त्र प्रहरी उपरिक्षक नेत्र केसी आफै पुगेर बसमा चेकजाच गर्न लगाई सो कपडा बरामद गरेका हुन ।

भारतको खनुवा नाका हुदैं नेपालको मर्यादपुर नाका, सुठौली भन्सार पार गरी सशस्त्र प्रहरीको चेक पोस्ट डंगरीमा राकेर चेकजाच गर्नेक्रममा सो कपडा बसको डिक्कीमा लुकाई राखेको अवस्थामा सो कपडा बरामद गरिएको हो ।

सशस्त्र प्रहरी उपरिक्षक केसीले आफुले निर्देशन दिएर बसमा चेकाजच गर्न लगाउदा डिक्कीमा लुकाई राखेको अवस्थामा सो कपडा बरामद भएको बताए । बरामद भएको कपडा कसको हो भन्ने यकीन नभएको र कसैले दाबी समेत नगरेको उनले बताए । बरामद कपडा सुठौली भन्सार कार्यालयमा बुझाइएको उनले बताए ।

सो बाटो हुदै दिनुह दिल्ली देखि काठमाण्डौकालागि बस आउने जाने गर्छ । सो कपडा बरामद भए पछि त्यसमा सुरक्षाकर्मीको समेत मिलेमतोका आशंका गरिएको छ ।

मर्यादपुरमा सशस्त्र र प्रहरीको चेकजाच पछि सूठौली भन्सारमा समेत बसको चेकाजाच हुने गर्छ । त्यस पछि फेरी सशस्त्रको डंगरी चेकपोस्टमा समेत चेक गर्ने गरिन्छ ।

सुठौली र कृष्णनगर नाकाबाट चल्ने बस लगायतका सवारी र मालबाहक सवारी साधनमा समेत बिभिन्न मालसामानहरु लुकाएर ल्याउने गरिए पनि न्युन मात्रमा मात्र पक्राउ हुने गरको ब्यापारी श्रोतको भनाई छ । सशस्त्र प्रहरी उपरिक्षक केसीले अब नाकामा थप कडाई गरिने बताए ।

प्रकाशित मिति : २० भदौ २०८२ शुक्रबार ००:००  ६ : ५३ बजे