१८ मंसिर २०८२, बिहिबार | Fri Dec 5 2025

बाणगंगाले ल्यायो नीजी विद्यालयलाई करको दायरामा, सिनेमा हलले पनि तिर्‍यो २० हजार राजस्व



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाले नीजी विद्यालयलाई समेत करको दायरामा ल्याएको छ ।

आन्तरिक आम्दानी बिना समृद्ध बाणगंगाको सपना साकार हुन नसक्ने भन्दै नगरले व्यवसाय करको दायरा बढाउँदै आएको छ ।

नगर भित्र सन्चालनमा आएका उद्योग, व्यापारलाई करको दायरामा ल्याएको बाणगंगाले आर्थिक ऐन मार्फत नगर भित्र संचालनमा आएका नीजी तथा आवाशीय विद्यालयहरुलाई समेत करको दायरामा ल्याएको नगर पालिकाका राजस्व शाखा प्रमुख मदन घिमिरेले जानकारी दिए ।

बाणगंगा भित्र साना, ठूला गरी २८ नीजी तथा आवाशीय विद्यालय छन् । नगरपालिकाले क बर्गको क्याम्पस तथा उच्च तह अध्यापन गराउने नीजि विद्यालयबाट रु १५ हजार बार्षिक राजस्व उठाउने छ । यस्तै माध्यमिक तहबाट रु १० हजार, आधारभूत तहबाट रु ७ हजार र मन्टेश्वरी तथा पूर्व प्राथमिक तहबाट रु ३ हजार बार्षिक कर लिने राजश्व शाखा प्रमुख घिमिरेले मायादेवीलाई बताए ।

अहिलेसम्म केही विद्यालय करको दायरामा आएका, केहीले आउने जानकारी गराएका र केहीले अटेरी गर्न खोजे जस्तो देखिएको उनको अनूभव छ ।

यस्तै नगरपालिकाले चारनम्बर जीतपुरमा रहेको ओयसिस सिनेमा हलबाट रु २० हजार कर ल्याएको उनले जनाए । नगर भित्रका पेट्रोलियम पदार्थ बेच्ने पम्पलाई पनि राजस्वको दायरामा ल्याएको उनले जनाए ।

बाणगंगामा अघिल्लो कार्यकालमा राजस्व उठाउने योजना फितलो जस्तै थियो । स्थानीय शासन संचालन ऐनमा राजस्व उठाउन सक्ने स्पष्ट व्यवस्था भएपनि जनप्रतिनिधिहरुले राजस्व उठाउन तर्फ खासै ध्यान दिएका थिएनन् । तर ०७९ को निर्वाचनबाट नगर प्रमुखमा चक्र अर्याल निर्वाचित भएपछि नगरले करको दायरामा सबै व्यवसायीलाई ल्याइएको हो ।

ुजबसम्म कुनै पनि पालिकाको आन्तरिक आम्दानी सबल हुँदैन्, त्यो पालिकाले सोचेजस्तो बिकास गर्न सक्दैन्, नगर प्रमुख अर्याल भन्छन्ु, नागरिकलाई सेवामा छिटोछरितोसंगै बिकास निर्माणमा तीव्रता त दिएकै छौँ, आन्तरिक आम्दानी पनि रफ्तारले वृद्धि गरेका छौँ ।ु

झट्ट सुन्दा कर तिर्ने बिषय राम्रो नलाग्ने भएपनि कुनै पनि मूलुक समृद्ध बन्नका लागि सम्बन्धित देशको आन्तरिक आय नै प्रमुख हो ।

ुकर तिर्दा खुसी भएर तिर्ने मात्र होइन्, आफूले तिरेको करले के कस्तो बिकास भएको छु त्यसको चासो र सरोकार राख्ने काम स्वयं नागरिकको हो, नगर प्रमुख अर्याल भन्छन् ।ु

नगरपालिकाले समृद्ध बाणगंगा बनाउनका लागि जनपक्षीय काम गर्दै आएको पनि नगर प्रमुख अर्यालले जनाए ।

बाणगंगाले गत बर्ष मात्र नदीजन्य पदार्थ बाहेकका विभिन्न शिर्षकबाट रु १६ करोड १० लाख बढीको राजस्व उठाएको थियो । जुन बार्षिक लक्ष्यभन्दा बढी हो ।

प्रकाशित मिति : २१ भदौ २०८२ शनिबार ००:००  १० : ५३ बजे