मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुमा भदौमा मात्र सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरिक्षक रिपेन्द्र कुमार सिंहका अनुसार भदौ महिनामा भएका विभिन्न ५९ सवारी दुर्घटनामा परी ५ जनाले ज्यान गुमाएका छन् । दुर्घटनमा परी १ सय ६ जना घाइते भएको सुचना अधिकारी सिंहले बताउनुभयो ।
जिल्लामा सवारी दुर्घटना न्यूनिकरणका लागि विभिन्न कार्यक्रम गरेपनि दुर्घटना न्यूनिकरण हुन नसकेको हो । सिंहले ट्राफिक नियमको पालना गरी सवारी चलाउन आग्रह गर्नुभयो ।
१० आश्विन २०८२ शुक्रबार ००:००
74
Shares







प्रतिक्रिया