मायादेवी अनलाइन, तौलिहवा ।
गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा कपिलवस्तु कारागारबाट भागेका ४ सय ३० कैदीबन्दीमध्ये १ सय ७५ जना अझै फरार रहेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरिक्षक रिपेन्द्र कुमार सिंहका अनुसार फरार मध्ये १ सय ४२ जना आफै उपस्थित भएका थिए भने १ सय १३ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
प्रनाउ तथा सुचना अधिकारी सिंहका अनुसार फरार रहेका १ सय ७५ जनाको खोजी कार्य जारी छ । जेन्जी आन्दोलनकाक्रममा देशभरका विभिन्न कारगारबाट कैदीबन्दी फरार रहेको भन्दै अन्य जिल्लाका कैदीबन्दी समेत कपिलवस्तु आएको सिंहले बताउनुभयो । अन्य कारागारबाट भागेका कैदीबन्दीलाई आफुहरुले नियन्त्रणमा लिएको भन्दै १७ जनालाई सम्बन्धीत कारागारमा पठाएको र ११ जनालाई पठाउने तयारी गरिएको सिंहले बताउनुभयो ।







प्रतिक्रिया