१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

वर्तमान सरकार तोडफोड र आगजनीको माध्यमबाट बनेको हो: ओली



काठमाडाैं 

नेकपा (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार तोडफोड र आगजनीको माध्यमबाट बनेको आरोप लगाएका छन्। शनिवार भक्तपुरको गुण्डुमा राष्ट्रिय युवा संघ, नेपालको आयोजना गरेको खुला भेटघाट कार्यक्रममा बोल्दै उनले सो आरोप लगाएका हुन्।

‌ओलीले भने, ‘म अहिलेको जेन—जी सरकार भनिने यो सरकार जो संवैधानिक बाटोबाट जनताको अभिमतबाट बनेको होइन। यो तोडफोड, आगजनीको माध्यमबाट बनेको हो।’ 

जेन–जी भनिएको यो सरकार संवैधानिक बाटोबाट, जनताको अभिमतबाट नबनेको ओलीको भनाइ थियो। उनले आफूले देश र जनताको पक्षमा काम गरेको दाबी गर्दै त्यसको विवरण प्रकाशित गरेर देखाउन पनि सरकारलाई चेतावनी दिए। 

आफूले सुशासनको पक्षमा काम गरेको जिकिर गर्दै अध्यक्ष ओली कहीँ भ्रष्टाचार गरेको भए देखाउन पनि सरकारलाई चुनौती दिए।

उनले भने, ‘यो सरकारलाई म भन्न चाहन्छु–यो सरकारले मैले बोलेको अभिव्यक्तिहरू, मैले गरेका कामहरू प्रकाशन गरेर जनताको बीचमा ल्याओस्। अरूको पनि ल्याओस्। उहाँहरूका पनि ल्याओस्। मैले भनेका सम्पूर्ण कुराहरू यो सरकारले हिम्मतका साथ जनताका बीचमा पुर्‍याओस्। प्रकाशित गरोस कुराहरू। कर्मचारीलाई दिएको निर्देशनहरू रेकर्डट छन्। ती कुराहरू बाहिर ल्याओस। प्रहरीलाई दिएको निर्देशन रेकडेट छन। बाहिर ल्याओस्। अरू क्षेत्रमा गरेका कामहरू रेकडेट छन्। बाहिर ल्याओस्।’

अध्यक्ष ओलीले एमालेले सधैंँ सरकारको नेतृत्व गर्दा छलछाम र षडयन्त्रका कुनै पनि गतिविधि नगरेको पनि दोहोर्‍याए।  

प्रकाशित मिति : ११ आश्विन २०८२ शनिबार ००:००  १ : ५९ बजे