१७ मंसिर २०८२, बुधबार | Wed Dec 3 2025

ब्रहमाकुमारी विश्वविद्यालयमा स्थानीय समाजसेवीलाई उत्प्रेरणात्मक कक्षा संचालन



कपिलवस्तु ।
बाणगंगा नगरपालिका, १ अवस्थित ब्रहमाकुमारी विश्वविद्यालय चारनम्बरमा विभिन्न संघसंस्थामा आवद्ध समाजसेवीलाई उत्प्रेरणात्मक कक्षा संचालन गरिएको छ । शनिबार बाणगंगा–गजेहडा भूतपूर्व सैनिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिको आयोजनामा तथा ब्रहमाकुमारी ईश्वरीय विश्व विद्यालय एवम् राजयोग प्रशिक्षण केन्द्रको व्यवस्थापनमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

वाणगंगा नगरपालिका भित्र सामाजिक संघसंस्थामा नेतृत्व गरिरहेका प्रमुख तथा प्रतिनिधीलाई सामाजिक सेवा संगै सकरात्मक, दैनिक र व्यवहारिक जीवन खुशी बनाउन आवश्यक सिपहरुबारे बरिष्ठ राजयोग प्रशिक्षक प्रेरक बक्ता ब्रम्ह कुमार विजयराज सिग्देले जानकारी दिनुभएको थियो । प्रशिक्षक ब्रह्मा कुमार सिग्देलले खुशी को छ ? खुशीका कारण ? खुशीका श्रोत, जीवनलाई स्वस्थ र निरोगी बनाउन सक्ने कला, खुशी रहन सक्ने उपाय, समस्याबाट मुक्त हुने उपायबारे विभिन्न अभ्यासका उपयोगी सिपबारे प्रशिक्षण दिनुभएको थियो । उहाँले व्यक्तिको खुशीयाली र शान्ति प्राप्तीका लागि मुख्य ६ वटा उपायहरुको बारेमा विशेष जोड दिनुभएको थियो ।

कार्यक्रममा ब्रहमाकुमारी इश्वरीय विश्वविद्यालयकी संचालिका राधिका दिदीले योग र ध्यानको महत्वबारे प्रकाश पार्दै “मनमा शान्ति खोज्ने र जीवनलाई सकारात्मक दिशातर्फ अघि बढाउन सप्रेम ज्ञान हासिल गर्न सवै समुदायका व्यक्तित्व यस आश्रममा आएर योग–ध्यान गर्न सक्ने” बताउनुभयो।
उक्त अवसरमा उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र विक्रम शाहले यस्तो महत्वपुर्ण कार्यक्रममा सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्दै आयोजक, व्यवस्थापक र सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो।

कार्यक्रममा शिव मन्दिर सामुदायिक वनका अध्यक्ष झलक मल्ल ठकुरी, सिद्धार्थ सामाजिक विकास केन्द्रकी अध्यक्ष सुर्यकुमारी साही, नागरिक समाजका पूर्व अध्यक्ष दोणराज सुवेदी, पूर्व वडाअध्यक्ष बालकुमारी पन्थ, बाल मावि बैरियाका प्रधानाध्यापक टिकाराम पौडेल, नेपाल पत्रकार महासंघ कपिलवस्तुका पूर्व उपाध्यक्ष हरि अधिकारीलगायतको सहभागीता रहेको थियो।

ब्रहमाकुमारी ईश्वरी विश्वविद्यालयका नियमित विद्यार्थी भक्तिराम पाण्डेको संचालनमा सम्पन्न कार्यक्रममा विभिन्न संघ–संस्था, सरोकारवाला तथा सञ्चारकर्मीहरूले कार्यक्रमले आफनो व्यक्तिगत जीवन संगै पेशागत मर्यादामा ठुलो सहयोग पुग्ने बताएका थिए ।

प्रकाशित मिति : १२ आश्विन २०८२ आइतबार ००:००  ९ : ५६ बजे