१९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026

तुइन खोलामा पुनः सुक्खा पहिरो खस्दा सडक पूर्ण रुपमा अवरुद्ध



चितवन ।
नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा आज पुनः सुक्खा पहिरो खसेको छ। अपरान्ह १२ बजे खसेको पहिरोका कारण सडक दुईतर्फी अवरुद्ध भएको डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए।

उनका अनुसार पहिरो निरन्तर झरिरहेको छ। उनका अनुसार पहिरोले सडकको ७० मिटर भाग ढाकेको छ। अहिले दुई वटा मेसिन पहिरो पन्छाउन प्रयोग भइरहेको पनि उनको भनाइ छ। गत हप्ता पनि पहिरो खस्दा सडकमा यातायात सञ्चालन गर्न ४८ घण्टा लागेको थियो।

प्रकाशित मिति : १३ आश्विन २०८२ सोमबार ००:००  १ : ४२ बजे