कञ्चनपुर ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ४ मा सर्पको टोकाइबाट तीन वर्षीय बालकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार स्थानीय डम्बर पनेरुका तीन वर्षीय छोरा लक्कीको सर्पको टोकाइबाट ज्यान गएको हो ।
आफ्नै कच्ची घरमा सुतेको अवस्थामा बालकलाई सर्पले टाउकामा टोकेको थियो । गम्भीर अवस्थामा रहेका उनलाई उपचारका लागि तत्काल सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियो । गएराति करिब दुई बजे उपचारका क्रममा बालकको ज्यान गएको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया