१६ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मोटो गर्दनले गर्न सक्छ यी रोगको संकेत



एजेन्सी ।
सामान्यतया मानिसहरू मोटोपनलाई पेट वरिपरि जम्मा भएको बोसो वा तौल बढ्नुका आधारमा मात्र बुझ्ने गर्छन्। तर, शरीरको एउटा यस्तो भाग छ जसले हाम्रो स्वास्थ्यका बारेमा धेरै कुरा संकेत गर्छ । गर्दन प्रायः मानिसहरूको ध्यान यो भागतर्फ जाँदैन।

यदि गर्दनमा दाग देखियो वा छालाको रङ परिवर्तन भयो भने मानिस तुरुन्तै सौन्दर्य उपचार खोज्छन्। तर, गर्दनको असामान्य मोटाइ वा पातलोपन केवल बाह्य देखावटको कुरा मात्र होइन, गम्भीर स्वास्थ्य समस्याको संकेत पनि हुन सक्छ।

मोटो गर्दन र स्वास्थ्य जोखिम
महिलामा सामान्य परिधि :  ३३–३५ से.मी.
पुरुषमा सामान्य परिधि : ३७–४० से.मी.

यस भन्दा बढी मोटाइ हुनु मेटाबोलिक सिन्ड्रोम, फ्याटी लिभर, मधुमेह, उच्च रक्तचाप वा हाई कोलेस्ट्रोल जस्ता अवस्थासँग सम्बन्धित देखिएको छ।

विशेषगरी महिलामा मोटो गर्दन पोलिसिस्टिक ओभरी सिन्ड्रोमको संकेत पनि हुन सक्छ, जसले महिनावारी अनियमितता र गर्भधारणसम्बन्धी समस्या निम्त्याउन सक्छ।

कहिलेकाहीँ मोटो गर्दन भएका व्यक्तिको पछाडि छाला कालो देखिन सक्छ, जुन केवल छालासम्बन्धी समस्या नभई भित्री रोगको चेतावनी हुन सक्छ।

पातलो गर्दन र सम्भावित कारण

सामान्यभन्दा धेरै पातलो देखिने गर्दन पनि चिन्ताजनक हुन सक्छ।

यसले थाइराइडसम्बन्धी रोग को संकेत गर्न सक्छ।

कहिलेकाहीँ अतिरिक्त भर्टिब्रा (हड्डी) हुने अवस्था जन्मजात रूपमा देखिन्छ, जसले हात सुन्निने समस्या निम्त्याउन सक्छ।

एनीमिया (रगतको कमी) पनि गर्दन पतली देखिनुको कारण हुन सक्छ। यस्तो अवस्थामा आयरन र अन्य पोषक तत्त्वको आपूर्ति अनिवार्य हुन्छ।

सावधानी र समाधान
मोटो गर्दन देखिनेले सबैभन्दा पहिले आफ्नो तौल नियन्त्रण गर्नुपर्छ।

बच्चा जन्मेपछि महिलामा मोटोपनको जोखिम बढ्ने भएकाले खानपानमा विशेष ध्यान दिनुपर्छ।

पतली गर्दन भएका व्यक्तिलाई आवश्यक परे फिजियोथेरेपी वा पोषणपूरक उपचार गर्न सकिन्छ।

गर्दन केवल सौन्दर्यसँग मात्र होइन, स्वास्थ्यसँग पनि प्रत्यक्ष रूपमा जोडिएको अंग हो। त्यसैले जब तपाईं ऐनामा आफ्नो अनुहार हेर्नुहुन्छ, एकपटक अनुहारमुनि (गर्दन) मा पनि ध्यान दिनुहोस्। सानोतिनो परिवर्तन पनि तपाईंको शरीर गम्भीर स्वास्थ्य जोखिमतर्फ बढिरहेको संकेत हुन सक्छ।

प्रकाशित मिति : १७ आश्विन २०८२ शुक्रबार ००:००  ११ : ४८ बजे