१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, ३६ जना घाइते



कपिलवस्तु ।
धनगढीबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुबाहक बस कपिलवस्तुको वनकसवासामा दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् ।

ना ८ ख ५७०३ नम्बरको बस शनिबार बिहान करिब ५स्३० बजे सडक छेउमा पल्टिँदा दुर्घटना भएको हो । दुर्घटनामा परि २ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये १६ जनालाई थप उपचारका लागि बुटवलस्थित प्रादेशिक अस्पतालमा रिफर गरिएको छ भने २० जनाको उपचार चन्द्रौटा–स्थित सञ्जीवनी सामुदायिक अस्पतालमा भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

दुर्घटनाको कारण बस सडक छेउमा पल्टिनु भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८२ शनिबार ००:००  ९ : २० बजे