९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

आज विश्व हुलाक दिवस



काठमाडौँ । ‘स्थानीय सेवा, विश्वव्यापी पहुँच’ नाराका साथ बिहीबार विश्वका विभिन्न राष्ट्रमा विश्व हुलाक दिवस मनाइँदै छ। सन् १८७४ मा स्विट्जरल्याण्डको राजधानी बर्नमा विश्व हुलाक सङ्घको स्थापना भएको वार्षिकोत्सवका रूपमा प्रत्येक वर्ष अक्टोबर ९ मा यो दिवस मनाइन्छ ।

सन् १९६९ मा जापानको टोकियोमा आयोजित विश्व हुलाक संघको महासभाले विश्व हुलाक दिवस घोषणा गरेको हो । त्यसपछि विश्वका विभिन्न देशले वार्षिक रूपमा यो दिवस मनाउँदै आएका छन्। यो दिवसमा धेरै देशका हुलाकले नयाँ हुलाक उत्पादन र सेवाको प्रवद्र्धनात्मक कार्यक्रम पनि गर्दै आएका छन्।

विश्व हुलाक दिवसका अवसरमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जारी गरेको सन्देशमा हुलाकका माध्यमबाट शहरी र ग्रामीण क्षेत्रबीचको सम्पर्क कायम भएको र हुलाक कर्मचारीको सञ्जालले दुर्गम गाउँ तथा शहरलाई जोडेर विश्वलाई सबैको पहुँचमा पुर् याएको बताएका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०८२ बिहिबार ००:००  ८ : ०१ बजे