१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

गुल्मीको मुसिकोटमा मैनबत्ती बाल्नेक्रममा आगलागी हुँदा एउटा गोठ जल्यो



गुल्मी ।

मुसिकोट नगरपालिका–९ मा मैनबत्ती बाल्नेक्रममा आगलागी हुँदा एउटा गोठ जलेको छ । हिजो बेलुका लक्ष्मी पूजाको अवसरमा मैनबत्ती बाल्ने क्रममा आगो लाग्दा मुसिकोट नगरपालिका–९ ददल्कामा शान्ती परियारको एक तले कच्ची गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

स्थानीयबासिन्दाको सहयोगमा आगो राति नै निभाएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारूले बताउनुभएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८२ मंगलबार ००:००  ९ : २३ बजे