१७ मंसिर २०८२, बुधबार | Thu Dec 4 2025

इलाका प्रहरी कार्यालय पिपरामा हुँदा यी हुन् जिसीले गरेका काम



कपिलवस्तु ।
कपिलवस्तु बाणगंगा नगरपालिका–२, पिपरास्थित इलाका प्रहरी कार्यालयमा करिब १३ महिना कार्यरत रहेर हाल बुटवल सरुवा भएका प्रहरी निरीक्षक लोकेन्द्र जि।सी। उत्कृष्ट कार्यसम्पादनका कारण स्थानीयबासीबीच लोकप्रिय प्रहरी अधिकारीका रूपमा स्थापित भएका छन्।

निरीक्षक जि।सी।ले आफ्नो कार्यकालभर वाणगंगा नगरपालिका क्षेत्रभित्र लागू औषध नियन्त्रण, अपराध अनुसन्धान, शान्ति–सुरक्षा र सामाजिक सहकार्यमा उल्लेखनीय सफलता हात पारेका थिए।

उनको नेतृत्वमा पछिल्लो आर्थिक वर्ष २०८१/८२ र चालु आर्थिक वर्ष २०८२/८३ का दौरानमा कुल १४३ वटा मुद्दा दर्ता भएका मध्ये ७२ वटा मुद्दा फर्छौट भएका र ७१ वटा मुद्दा फर्छौट हुन बाँकी रहेको कार्यालय स्रोतले जनाएको छ।

लागूऔषध नियन्त्रणमा सफलता
बाणगंगा नगरका विभिन्न स्थानमा सक्रिय लागूऔषध कारोवारमा संलग्न समूहलाई नियन्त्रणमा लिने कार्यमा निरीक्षक जि।सी।को टोलीले निरन्तर निगरानी राख्दै थुप्रै तस्करी तथा सेवनसम्बन्धी घटनामा नियन्त्रण गरेको थियो।

भारतीय रुपैयाँ र अवैध पशु ओसारपसार नियन्त्रण
उनकै नेतृत्वमा बाणगंगा चारनम्बर क्षेत्रमा श्रोत नखुलेको भारतीय रुपैयाँ ने. रु. २८ लाख ९० हजार सहित चार जना पुरुषलाई पक्राउ गरी राजस्व अनुसन्धान कार्यालय, बुटवलमा पठाइएको थियो।

त्यस्तै २२ वटा गोरुसहित अवैध ओसारपसारमा संलग्न ४ जनालाई पक्राउ गरी कानूनी कारबाहीका लागि अघि बढाइएको थियो।

फरार कैदी नियन्त्रण
जेन्जी आन्दोलनका क्रममा विभिन्न जेलबाट फरार भएका १९ जना कैदीलाई पक्राउ गरी पुनः कपिलवस्तु कारागारमा बुझाउने कार्य पनि निरीक्षक जि।सी।कै नेतृत्वमा सम्पन्न भएको थियो।

लोकप्रियता र अनुशासनको प्रतीक
निरीक्षक जिसी आफ्नो कार्यकालभर सामुदायिक कार्यक्रम, प्रशासनिक सहयोग र आपराधिक नियन्त्रणमा सक्रिय रहँदै कुनै विवादमा नपरी अनुशासित, मिलनसार र जिम्मेवार प्रहरी अधिकारीका रूपमा पहिचान बनाएका थिए ।स्थानीय वासिन्दा, जनप्रतिनिधि तथा सामाजिक अगुवाहरुका अनुसार “प्रहरी निरीक्षक जि।सी।ले बाणगंगामा प्रहरी सेवाप्रति जनविश्वास बढाउन र अपराध नियन्त्रणमा ठोस परिणाम ल्याउन महत्वपूर्ण योगदान पुर्‍याए।

उनको बुटवल सरुवासँगै बाणगंगाका नागरिकहरूले उनीजस्ता इमानदार र कार्य सक्षम प्रहरी अधिकारीको खाँचो रहिरहने प्रतिक्रिया दिएका छन्।

प्रकाशित मिति : ८ कार्तिक २०८२ शनिबार ००:००  ७ : ३३ बजे