१८ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025

भैरहवामा एयर एसियाको पुनः उडान सुरु



बुटवल ।

थाई एयर एसियाले भैरहवामा आजबाट पुनः उडान सुरु  गरेको छ । गत चैतबाट रोकिएको उडान आजबाट पुनः सुरु भएको हो । सो एयरलाइन्सले आइतबार र बुधवार गरी सातामा २ पटक बैंकक–भैरहवा–बैंकक उडान थालेको हो।  

थाई एयर एसियाको जहाज दिउसो पौने १ बजे गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले रातोपाटीलाई  जानकारी दिए । 

आज १७  जना यात्रु लिएको आएको विमानले जाँदा १६७  यात्रु लिएर जाने तयारी गरेको उनले बताए ।  आज लामो समयपछि फस्ट उडान भएका कारण आउँदा थोरै यात्रु आए पनि जाँदा धेरै भएको उनले बताए ।

थाइल्यान्डको बैंककबाट भैरहवा उडान गर्नको लागि एयर एसियाले गत असारमै अनुमति लिएर टिकट खुल्ला गरेको थियो।  उडानका लागि टिकट बिक्री पनि राम्रो भएको एयरलाइन्सले जनाएको छ।

प्रकाशित मिति : ९ कार्तिक २०८२ आइतबार ००:००  २ : ०४ बजे