१८ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025

कपिलवस्तु शुद्धोधनमा घरभित्र लुकाइएको १२४ बोरा अनुदानको मल बरामद



कपिलवस्तु ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१, अनहराटस्थित एक घरमा सशस्त्र प्रहरीले छापा मारेर अवैधरूपमा लुकाई राखिएको अनुदानको १२४ बोरा डिएपी रासायनिक मल बरामद गरेको छ। बिहीबार दिउँसो सुराकीका आधारमा सशस्त्र प्रहरी बल नम्बर २८ गणबाट खटिएको टोलीले फुलचन्द्र यादवको घरमा छापा मारेको सशस्त्र प्रहरी उपरीक्षक नेत्र केसीले बताएका छन् ।

बरामद गरिएको मल आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको उपरीक्षक केसीले बताएका छन्। स्थानीय किसानहरूले मल कहाँबाट र कसरी यादवको घरमा पुग्यो भन्ने विषयमा छानबिन गर्न माग गरेका छन्।

कृषि सामग्री कम्पनीमार्फत सहकारीले पालिकाको कोटा अनुसार मल ल्याएको बताइए पनि सहकारीहरूले किसानका नाममा आएको अनुदान मल बढी मूल्यमा बेच्ने गरेको आरोप किसानहरूले लगाएका छन्।

प्रकाशित मिति : १४ कार्तिक २०८२ शुक्रबार ००:००  १० : २२ बजे