काठमाडौं ।
आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत ओडीआई शृङ्खलाको आफ्नो तेस्रो खेलमा शनिबार नेपालले अमेरिकासँग खेल्दै छ ।
यूएईको दुबईस्थित आईसीसी एकेडेमीमा नेपाली समय अनुसार बिहान सवा ११ बजे खेल शुरु हुनेछ।
जारी शृङ्खलामा नेपालले हालसम्म खेलेका दुवै खेल हारेको छ। पहिलो खेलमा नेपालले अमेरिकासँग १०६ रनको हार भोगेको थियो। त्यस्तै दोस्रो खेलमा यूएईसँग ५ विकेटले पराजित भएको थियो।
नेपाललाई अब बाँकी दुवै खेल जित्नुपर्ने अवस्था छ।







प्रतिक्रिया