कपिलवस्तु ।
जापान सरकारले कपिलवस्तुको मायादेवी गाँउपालिकासहित मुलुकका ६ स्थानीय तहलाई दमकल उपलब्ध गराएको छ । कपिलवस्तुको मायादेवी गाँउपालिकासहित, पाल्पा, ओखलढुङ्गाका साथै परासीको सुनवल नगरपालिका र प्रतापपुर गाउँपालिकाले दमकल उपहार पाएका हुन् ।
युनाइटेड मिसन टू नेपालको पहलमा जापान सरकारले आगलागी बढी हुने र दमकल खरिद गर्न आवश्यक बजेट नभएका पालिकालाई दमकल सहयोग गरेको हो ।
दमकल आएपछि गाउँपालिकामा हुने आगलागीका घटनामा क्षति कम गर्न सकिने र यसले विपद् व्यवस्थापनमा सहयोग पुग्ने गाँउपालिका वलिउद्दिन मुसल्वानले बताए ।
जापान सरकारले जिल्लाको मायादेवी सहित पाल्पाको तानसेन नगरपालिका, रैनादेवी छहरा गाउँपालिका, ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका र परासीको सुनवल नगरपालिका र प्रतापपुर गाउँपालिकालाई निःशुल्क दमकल प्रदान गरेको हो ।







प्रतिक्रिया