१७ मंसिर २०८२, बुधबार | Thu Dec 4 2025

अक्टोबरमा सवा लाख पर्यटक नेपालमा, १० महिनामा साढे ९ लाख पर्यटक



काठमाडौँ ।

यो वर्षको अक्टोबरमा महिनामा १ लाख २८ हजार ४४३ पर्यटकले नेपाल भ्रमण गरेका छन् । 

अध्यागमन विभागबाट प्राप्त प्रारम्भिक मासिक तथ्याङ्कका आधारमा नेपाल पर्यटन बोर्डले  सार्वजनिक गरेको  तथ्याङ्क  अनुसार वर्षको मुख्य सिजनमा सवा लाख पर्यटक नेपाल भित्रिएका हुन् ।  

जनवरीदेखि अक्टोबरसम्मको १० महिनामा कुल ९ लाख ४३ हजार ७१६ पर्यटक नेपाल भित्रिएका छन् ।  

कहाँबाट कति आए पर्यटक ?

अक्टोबर महिनामा भारतबाट सबैभन्दा धेरै पर्यटक नेपाल आएका छन् ।  जसको सङ्ख्या १७,२९८ रहेको छ ।

त्यसपछि संयुक्त राज्य अमेरिकाबाट १३ हजार २८६ र बेलायतबाट ८ हजार ७१८ पर्यटक आएका छन् । नेपाल आउने मुख्य १०  देशहरूमा चीन ६ हजार ७५५, जर्मनी ६ हजार ३६६, अष्ट्रेलिया ६ हजार १७७, श्रीलङ्का ५ हजार ५३५, फ्रान्सबाट ५ हजार ४५ जना, बङ्गलादेश ४ हजार ६४१ र म्यानमार ३ हजार ३८ जना आएका छन् ।  

क्षेत्रगत रूपमा हेर्दा, अक्टोबरमा युरोपबाट सबैभन्दा धेरै ४० हजार ६०० अर्थात  ३१.६%  पर्यटक आएका छन् ।

त्यसपछि दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) देशहरूबाट २९ हजार ६०  जना  अर्थात २२.६% र एसियाका अन्य देशहरूबाट २३ हजार १२७  जना अर्थात १८% पर्यटक आएका छन् ।

यस्तै  अमेरिकाबाट १६ हजार ४०७ अर्थात १२.८% ओसेनियाबाट  ६,८१४ अन्य देशहरूबाट ८,४४४ (६.६%), मध्यपूर्वबाट ३,५४८ (२.८%) र अफ्रिकाबाट ४४३ (०.३%) पर्यटक भित्रिएका छन् ।

भारत र अमेरिकाबाट धेरै पर्यटक

जनवरी–अक्टोबर अवधिको समग्र तथ्याङ्क अनुसार, भारतबाट कुल २ लाख ४३ हजार ३५० पर्यटकले नेपाल भ्रमण गरेका छन्, जुन समग्र आगमनको एक चौथाइभन्दा बढी हो ।

संयुक्त राज्य अमेरिकाबाट ९३,९८५ र चीनबाट ७८,९२९ पर्यटक आएका छन् ।  अन्य प्रमुख देशहरूमा बेलायत (४७,२६१), बङ्गलादेश (४५,२८७), अष्ट्रेलिया (३८,९८४), श्रीलङ्का (३२,१३७), जर्मनी (२४,८४१), थाइल्याण्ड (२२,२६१) र दक्षिण कोरिया (१९,३२९) रहेका छन् ।

क्षेत्रगत रूपमा, १० महिनाको अवधिमा सार्क राष्ट्रहरूबाट सबैभन्दा धेरै ३ लाख ३७ हजार ५११ (३५.८%) पर्यटक आएका छन् । 

युरोपबाट १ लाख ९७ हजार २९६ (२०.९%) र एसियाका अन्य देशहरूबाट १ लाख ८० हजार १४५ (१९.१%) पर्यटक आएका छन् ।

अमेरिकाबाट १ लाख १३ हजार ४५९ (१२%), अन्य देशहरूबाट ५१,५१४ (५.५%), ओसेनियाबाट ४१,९०२ (४.४%), मध्यपूर्वबाट १७,७७३ (१.९%) र अफ्रिकाबाट ३,४७९ (०.४%) पर्यटक आएका छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०८२ आइतबार ००:००  ७ : ४२ बजे