८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

राजस्थानमा सवारी दुर्घटना, १५ जनाको मृत्यु



भारत ।

भारतको राजस्थानस्थित जोधपुर जिल्लाको फलोदीमा आइतबार साँझ भएको सवारी दुर्घटनामा १५ जनाको मृत्यु भएको छ। 

मातोडा पुलिस थाना क्षेत्र अन्तर्गत भारत माला हाइवेमा सडक किनारमा रोकिएको एउटा ट्रेलरमा टेम्पो ट्राभलर गाडी ठोक्किएको हो। टेम्पो ट्राभलरमा सवार सबै यात्रु जोधपुरको सुरसागरका बासिन्दा थिए।उनीहरू कोलायतमा रहेको एक आश्रमबाट दर्शन गरी फर्कंदै थिए।

राजस्थानका मुख्यमन्त्री भजनलाल शर्माले घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकको परिवारका लागि २ लाख र घाइतेको उपचारका लागि ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेका छन्।

प्रकाशित मिति : १७ कार्तिक २०८२ सोमबार ००:००  ८ : ५१ बजे