१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

कार्तिक शुक्ल पूर्णिमा (नहान)को अवसरमा कपिलवस्तुका आठ पालिकाले दिए स्थानिय बिदा



कपिलवस्तु ।
कार्तिक शुक्ल पूर्णिमा (नहान)को अवसरमा कपिलवस्तुका आठ पालिकाले स्थानिय बिदा दिएका छन् । यहि कार्तिक १९ गते बुधबार कपिलवस्तुमा मनाइने कार्तिक शुक्ल पूर्णिमा (नहान)को अवसरमा मंगलबार ८ पालिकाले स्थानीय बिदा दिएका हुन् । जिल्लाको कपिलवस्तु, शिवराराज, महाराजगंज तथा कृष्णनगर नगरपालिकाले स्थानीय बिदा दिएका छन । यसैगरी मायादेवी गाँउपालिका, यशोधरा गाँउपालिका, शुद्धोधन गाँउपालिका र विजगनगर गाँउपालिकाले स्थानीय बिदा दिएका हुन् । कार्तिक शुक्ल पूर्णिमाको अवसरमा भोलि रामघाट, लक्ष्मणघाटमा बृहत मेला लाग्ने लाग्दैछ ।

प्रकाशित मिति : १८ कार्तिक २०८२ मंगलबार ००:००  ६ : ३४ बजे