१८ मंसिर २०८२, बिहिबार | Fri Dec 5 2025

करदाता सेवा कार्यालय खारेज प्रस्ताव रोक्का गर्न जसपाको माग



कपिलवस्तु ।
अर्थ मन्त्रालयले गरेको करदाता सेवा कार्यालय खारेजकोे प्रस्ताव रोक्का गुर्न पर्ने माग गर्दे जनता समाजबादी पार्टी कपिलवस्तले बिहीवार जिल्ला प्रशासन कार्यालय मार्फत अर्थमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

पार्टीका जिल्ला अध्यक्ष ईरफान खानको नेतृत्वका गएको टोलीले प्रजिअ जर्नादन गौतमलाई सो ज्ञापन पत्र बुझाएका हुन । अर्थ मन्त्रालय आन्तरिक राजस्व बिभागको निर्णय अनुसार कपिलवस्तु सहीत देशका ४० वटा करदाता सेवा कार्यालय खारेज गर्ने प्रस्वताव गरिएका छ ।

करदाता सेवा कार्यालय खारेजीले बिगत ४ बर्ष देखिको कर सम्बन्धी सेवा असहज र जटिल बन्ने ज्ञापन पत्रमा भनिएको छ । अर्थ मन्त्रालयको प्रस्ताव रोक्का गरी यथा स्थानबाट सेवा प्रवाह गर्न माग गरिएको छ । कपिलवस्तुका १० मध्ये ६ पालिकाका सेजाग्राहीले करदाता सेवा कार्यालयबाट सेवा लिदै आएका थिए । अर्थमन्त्रालयले देशभरका सबै ४० वटा करदाता सेवा कार्यालय खारेज गर्ने प्रस्ताव गरेको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८२ बिहिबार ००:००  ८ : ५९ बजे