१८ मंसिर २०८२, बिहिबार | Fri Dec 5 2025

बुद्धभूमिमा १ सय ५ जना मोतियाबिन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया



मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ५ चौरीमा संपन्न निःशुल्क आखाँ शिबिरमा ९ सय २३ को आखा जाँच गरी १ सय ५ जनाको मोतियाबिन्दु अप्रशेन गरिएको छ । बुद्धभूमि नगरपालिकाको आयोजना तथा छन्दकाले आखा अस्पताल बहादुरगंजको प्राबिधिक सहयोमगा २ दिने शिविर संपन्न गरिएको हो ।

शिबिरमा ९ सय २३ जनाको आँखाको जाच गरी फेला पारेका मोतिया बिन्दुका बिरामीको निःशुल्क अप्रशेन गरिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख बिष्णुदेब खनालले बताए । शिबिरमा १ सय ५५ जनालाई निःशुल्क चश्मा समेत बिरतण गरिएको थियो ।

सो अवसरमा मेयर केशव कुमार श्रेष्ठले नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम अघि बढाइएको बताए । उनले गरीब र बिपन्नलाई लक्षित गरी वडा वडामा आँखा शिबिर संचालन गरिएको बताए । शिबिरले आखाका रोगहिरुले घरदैलौ मै सेवा पाएर लावांबति भएको बताए । मोतिया बिन्दुको अप्रेशन पछि बृद्धबृद्धाहरुले आफुहरुले नया जीवन पाएको अनुभुति भएको भन्दै हार्षित बनेका छन ।

प्रकाशित मिति : २२ कार्तिक २०८२ शनिबार ००:००  ५ : ४० बजे