कपिलवस्तु ।
कपिलवस्तुको सिमवर्ती क्षेत्र यशोधरा गाउपालिका वडा नम्बर ७ मर्यादपुरमा रक्तदान कार्यक्रम संपन्न गरिएको छ । नेपाल रेडक्रस सोसाईटी कपिलवस्तुको सहयोग र कालिका स्वालम्बन सामाजिक केन्द्रको आयोजनामा रक्तदान गरिएको हो । रक्तदानबाट ३५ पिन्ट रगत संकलन भएको कार्यक्रम संयोजक ध्यानेन्द्रमणि त्रिपाठीले बताए । उनले सिमाक्षेत्रमा रक्तदान बारे धेरै भ्रम रहेको हुदा त्यसलाई चिर्न मर्यादपुरमा दोश्रो पटक रक्तदान गरिएको उनले बताए । उनले कार्यक्रमले दक्षिणी भेगका बासिन्दाहरुमा समेत रक्तदान जीवन दान भन्ने भावना जाग्रित भएको बताए ।
सो अवसरमा संस्थाका अध्यक्ष मन्दिप सिंहले रक्तदान जीवन दान भन्ने नारालाई जीवन्त राख्न सिमावर्ती क्षेत्रमा कार्यक्रम राखिएको बताए । उनले यसले यस भेगका बासिन्दामा समेत सकारात्मक सन्देश गएको बताए । वडाध्यक्ष चन्द्र प्रकाश दुबेले रगत चाहिएको बेलामा माग्ने तर दिन नखोज्ने यस भेगमा रहेको भ्रम रक्तदान कार्यक्रमले बिस्तारै चिर्दै गएको बताए । उनले रक्तदान कार्यत्रमले सबैमा राम्रो संदेश फैलिएको बताए । रक्तदानमा सिमाक्षेत्रमा खटिएका सशस्त्र र नेपाल प्रहरीले समेत रक्तदान गरको थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला उपाध्यक्ष खग प्रसाद चापागाई, संस्थाका कोषाध्यक्ष प्रबीण श्रीवास्तव लागयतको सहभागीता थियो ।







प्रतिक्रिया