कपिलवस्तु ।
कपिलवस्तुको मायादेवी गाउँपालिका १ पकडी स्थित घरबाट बेपत्ता भएकी बालिकाको शव सोमवार बिहान मर्थी खोलमा फेला परेको छ।
आफ्नो ५ वर्षीय दाइँसँग घरबाट खेल्न बाहिर निस्किएकी अमित कुमार ओझाको २ बर्षिया छोरी मान्सा ओझा कार्तिक २२ गते बिहान १० बजे देखि हराएकी थिइन।
बालिकाको शव घर देखि ३ किलो मिटर दक्षिण मायादेवी गाउँपालिका १ र शुद्धोदन गाउँपालिका ६ को सिमामा पर्ने मर्थी खोलमा फेला परेको प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले बताए।
बालिकाको शवलाई पोस्टमार्टम लागि कपिलवस्तु अस्पताल पठाइएको छ। घटनाको अनुसन्धान भइरहेको सिंहले बताए।







प्रतिक्रिया