१८ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025

दाङको सोनापुर मिनरलले बिजुलीको बक्यौता बुझायो



काठमाण्डौ । 

दाङको घोराहीमा सञ्चालित सोनापुर मिनरलले उपभोग गरेको बिजुलीको बक्यौता बुझाएको छ । उद्योगले पहिलो किस्ताबापत ८६ लाख ३० हजार रुपैयाँ बुझाएपछि काटिएको लाइन जोडिएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार उद्योगको २४ करोड २९ लाख ९९ हजार रुपैयाँ बक्यौता रहेकोमा हिजो पहिलो किस्ताबापतको रकम दाखिला गरेको हो । उद्योगको बक्यौतालाई २८ किस्तामा विभाजन गरिएको छ । 

प्रकाशित मिति : २६ कार्तिक २०८२ बुधबार ००:००  ११ : ५६ बजे