१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

पोखरा–मुग्लिन सडककाे पश्चिम खण्डमा १८ किलोमिटर सडक कालोपत्र



तनहुँ ।

पोखरा–मुग्लिन सडकको पश्चिम पोखरा–जामुने खण्डमा १८ किलोमिटर दुई लेन सडक कालोपत्र सम्पन्न भएको छ । ३८ किलोमिटर लामो यो सडक खण्डमा अहिलेसम्म ३७ किलोमिटर एकतर्फी कालोपत्र भइसकेको छ ।

इन्जिनियर सहनशीला कायस्थका अनुसार अहिलेसम्म सडकको झन्डै ६० प्रतिशत भौतिक प्रगति र ४८ प्रतिशत वित्तीय प्रगति भएको छ । पश्चिम खण्डका १२ वटा मध्ये ११ वटा पुल र एक सय ५ वटा कल्भर्ट पनि निर्माण भएका छन् । 

प्रकाशित मिति : २७ कार्तिक २०८२ बिहिबार ००:००  २ : १३ बजे