१७ मंसिर २०८२, बुधबार | Thu Dec 4 2025

बुद्धभूमि नगरपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न



मायादेवी अनलाइन, बुद्धभूमि ।
बुद्धभूमि नगरपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ कपिलवस्तुको आयोजनामा शुक्रबार नगरपालिकाको बहुृदेश्यीय सभाहलमा सम्पन्न सार्वजनिक सुनुवाईमा नागरिकले विभिन्न सल्लाह, सुझावसंगै गुनासो राखेका थिए ।

कार्यक्रममा सहभागी बुद्धभूमि नगरपालिका २ गोरुसिंगेका अमन चौधरीले अर्घाखाँची चोकमा भएको अब्यवस्थित ठेलाबस्तीका कारण दुर्घटनाको जोखिम बढेको, सामुदायिक

वनमा गरिने डम्पिंकका कारण गाँउ क्षेत्र दुर्गन्धित हुने गरेको भन्दै यसको ब्यवस्थापन गर्न सुझाव दिनुभयो ।
यसैगरी समाजसेवी नाथुराम न्यौपानेले नगरका अधिकांश नागरिकले स्वच्छ पिउने पानी नपाएको भन्दै स्वच्छ पिउने पानीको ब्यवस्थापन गर्न माग गर्नुभयो । उहाले वातावरण सरसफाईको कार्यक्रम अन्तरगत फोहर ब्यवस्थापन कार्यक्रम संचालन भएपनि फोहर उठाउने काम नियमित रुपमा हुन नसकेको बताउनुभयो ।

यसैगरीस् थानीय पिताम्बर पाण्डेले समग्रमा नगरपालिकामा पारदर्शी रुपमै काम भएको भन्दै विकास निर्माणको कामलाई थप तिव्र गतिमा लैजान सुझाव दिनुभयो । अर्का सहभागी इन्द्रमणी पौडेलले छाडा पशुचौपायको कारण दुर्घटनाको जोखिम बढेको भन्दै छाडा चौपायाको नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो ।

स्थानीय झविन्द्र अधिकारीले न्यायिक समितीको प्रतिबेदनमा वडाको तथ्यांक समेटदै प्रतिबेदनमा नागरिकको सहभागीता बढाउन सुझाव दिनुभयो । कार्यक्रममा सहभागिको जिज्ञासा सम्बोधन गर्दै नगरप्रमुख केशव कुमार श्रेष्ठले नगरको भुगोललाई समेटेर समृद्ध नगर बनाउने काममा आफुहरु लागि परेको बताउनुभयो ।

प्रमुख श्रेष्ठले डम्पीङ साइडको विषय जोडदारले उठ्ने गरेको भन्दै त्यसको नियमन तथा ब्यवस्थापन गर्ने निकाय नगरपालिका भएपनि केहि बाध्यतात्मक परिस्थीतिका कारण काम हुन नसकेको बताउनुभयो । फोहरमैला ब्यवस्थापनका लागि आवश्यक ठाँउ उपलब्ध गराउन पनि वनलाई विभिन्न ऐन नियमले रोक्ने गरेको उल्लेखगर्दै यसको ब्यवस्थापन गरिने बताउनुभयो ।

काम गर्ने क्रममा विभिन्न प्राविधिक कठिनाई आउने गरेको भन्दै केहि ब्यव्क्तीले बाहिर बसेर हचुवाको भरमा विभिन्न नकरात्मक टिप्पणी गर्ने गरेकाले यसले नगरको विकासकाले लागि काम गर्ने जनप्रतिनिधीहरुको मनोबललाई कम्जोर बनाएको टिप्पणी गर्नुभयो ।
नगरप्रमुख श्रेष्ठले उचित ठाँउ उपलब्ध नभएकै कारण खेलमैदान बनाउन नसकेको भन्दै वनहरुसंग निरन्तर सहकार्यमा रहेको बताउनुभयो ।

वडा नम्बर ४ मा खानेपानीको योजना ३ वर्ष अगाडीनै परेको भन्दै यस वर्षपनि बजेट बिनियोजन भएकाले अहिले ओभरहेड ट्यांकी निर्माण गरिने जानकारी गराउनुभयो । खानेपानीको योजना बनाउदा पनि विभिन्न विवाद तथा चुनौती आएकाले केहि बिलम्ब भएपनि अब काम तिव्र गतिमा हुने बताउनुभयो । छाडा पशुचौपायको नियन्त्रण गर्न नरपालिकाले मात्र नसक्ने भएकाले सबैको सहकार्यबाट मात्र सम्भव हुने बताउनुभयो ।

टिक्कर–बुड्ढी– बिजगौरी सडक अन्तरगत संघ र नगरपालिकाको गरी साढे १९ करोडको काम सुरु हुन लागेको भन्दै नगरपालिकाको मात्र साढे १० करोडको लागत रहेको भन्दै ठेकेदारसंग सम्झौता गरी काम सुरु गरिने बताउनुभयो ।
पछिल्लो समय सामाजिक संजालमा हचुवाको भरमा विभिन्न नकरात्मक टिप्पणी हुने गरेको बताउनुभयो प्रमुख श्रेष्ठले सबैको सहकार्य, साथ र सहयोगबाट मात्र नगरलाई समृद्ध बनाउन सकिने बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाका सहायक प्रमुख प्रशासकिय अधिकृत नबिन खनालले नगरपालिकाले चालु आर्थिक वर्षको ४ महिनामा सम्पन्न गरेका कामको शाखागत रुपमा जानकारी गराउनुभएको थियो ।

सार्वजनिक सुनुवाईमा इन्द्रमणी पौडेल, सिता न्यौपाने, रवि ठाकुर, धुब्र न्यौपाने माधव दमासे, विष्णुहरि शर्मा पिताम्बर खनालले बोल्दै शिक्षा, स्वास्थ्य खेलकुदलाई पनि प्राथामिकतामा राख्दै काम गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिपा महतले नागरिक प्रतिबेदन प्रस्तुत गर्नुका साथै सदस्य माधव बेल्वासेले बर्हिगमन प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । नेपाल पत्रकार महासंघका अध्यक्ष डिलाराम भुसालको अध्यक्षता रहेको कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधी, कर्मचारी, राजनैतिक दलका प्रतिनिधी, विभिन्न संघसंस्था संगै सुरक्षा निकाय तथा नगरबसीको सहभागिता रहेको थियो कार्यक्रममा महासंघका उपाध्यक्ष दिपा महतले स्वागत मन्तब्य राख्नुभएको थियो भने संचालन सचिव सनि उल्ला धोबीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २८ कार्तिक २०८२ शुक्रबार ००:००  ६ : २० बजे