काठमाण्डौ ।
देशभर चिसो बढ्दै गएको छ । आज बिहान काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ९.६ डिग्री सेल्सियसमा झरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान पौने ६ बजे काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ९.६ डिग्री सेल्सियस मापन भएको हो ।
काठमाण्डौमा आज न्यूनतम तापक्रम ९ देखि ११ डिग्री सेल्सियस र अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियस रहने अनुमान छ । त्यस्तै बिहान जुम्लाको न्यूनतम तापक्रम बिहान माइनस २.९ डिग्री सेल्सियस मापन भएको छ । आज कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागमा मौसम आंशिक बदली छ ।
त्यस्तै कर्णालीको पनि उच्च क्षेत्रमा आंशिक बदली छ । तराईका केही भागमा हुस्सु लागेको महाशाखाका मौसमविद् विनु महर्जनले बताउनुभयो । देशका अरू बाँकी भागमा मौसम मुख्यतया सफा नै छ । आज दिउँसो पनि कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने अनुमान छ ।







प्रतिक्रिया