१७ मंसिर २०८२, बुधबार | Wed Dec 3 2025

लाइसेन्सका लागि आवेदन दिने प्रणाली सञ्चालनमा



काठमाण्डाै ।

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि आवेदन दिने प्रणाली सञ्चालनमा आएको छ । यातायात व्यवस्था विभागको डेटा सेन्टरमा समस्या आएपछि हिजोदेखि बन्द रहेको इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स (ईडीएल) सेवा आज बिहानदेखि सञ्चालनमा आएको हो ।

हिजो पावर सप्लाईमा समस्या आएकोले सेवा बन्द रहेकोमा नयाँ पावर सप्लाई जडान गरिसकिएकाले अब विद्युत् आपूर्ति बन्द हुँदा पनि वैकल्पिक व्यवस्थाबाट सञ्चालन हुने विभागले जनाएको छ ।

यसअघि जेनजी आन्दोलनमा क्षति पुगेपछि पूर्णरूपमा बन्द रहेको सेवा यही कात्तिक १६ गतेदेखि आंशिक रूपमा सञ्चालनमा आएको थियो । देशभर रहेका ४२ वटा यातायात व्यवस्था कार्यालयमध्ये अहिले ३८ वटाबाट मात्र यो सेवा सञ्चालनमा रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८२ शनिबार ००:००  ५ : ५५ बजे