काठमाडौँ । आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य घटेकाे छ ।
नेपाल लेयर्स कुखुरापालक सङ्घको मंगलबारको कार्यसमिति बैठकले अण्डाको उत्पादन र बजार अवस्थाकाबारेमा छलफल गरी आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य घटाएकाे हो ।
यससँगै ठुलो अण्डा प्रति क्रेट ४५० र मध्यम अण्डा प्रति क्रेट ४३५ पर्ने सङ्घका सचिव मदन पोखरेलले बताए । त्यस्तै सानो अण्डाको प्रति क्रेट २६ सय मूल्य पर्ने छ । यसअघि ठुलो अण्डा प्रति क्रेट ५ सय र मध्यम अण्डा प्रतिक्रेट ४५० मूल्य रहेकाे थियाे ।







प्रतिक्रिया