१८ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025

स्वाभिमान सहकारीद्वारा ७५ लाख बढी लागतमा विद्युतिय गाडी चार्जिङ स्टेशन शुभारम्भ



कपिलवस्तु । स्वाभिमान बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बाणगंगा–१, चारनम्बरद्वारा लगानी गरिएको स्वाभिमान विद्युतिय गाडी चार्जिङ स्टेशन सोमबार एक विशेष समारोहबीच उद्घाटन गरिएको छ। झण्डै ७५ लाखभन्दा बढी लागतमा निर्माण गरिएको दुईवटा अत्याधुनिक चार्जिङ सेन्टरमार्फत एकपटकमा चारवटाकाे दरले विद्युतिय सवारी साधन चार्ज गर्न सकिने सहकारीका व्यवस्थापक सागर घिमिरेले जानकारी दिए। स्टेशनमा जडान गरिएको ८० केभी क्षमताको फास्ट चार्जर मार्फत दैनिक ५० भन्दा बढी विद्युतिय सवारी साधन सहज रूपमा चार्ज गर्न सकिने छ ।

उक्त चार्जिङ स्टेशनको लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थी तथा बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले संयुक्त रूपमा उद्घाटन गरेका हुन्। सहकारीले प्रविधिमैत्री ऊर्जा सेवामा हातेमालो गर्नु स्वदेशकै उत्पादन खपत हुनु सकारात्मक कदम भएको उल्लेख गर्दै यसले स्थानीय क्षेत्रमा विद्युतिय सवारी प्रयोगलाई थप प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे।

बाणगंगा–१ चारनम्बर जितपुरमा स्थापना गरिएको नगरकै पहिलाे व्यवसायिक चार्जिङ स्टेशनले सहकारीको सेवा विस्तार तथा दिगो उर्जाको प्रवर्द्धनतर्फको महत्वपूर्ण उपलब्धि मानिएको अध्यक्ष घनश्याम घिमिरेले जानकारी दिएका छन् । कार्यक्रममा सहकारीका पदाधिकारी, स्थानीयवासी र सेवाग्राहीहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

प्रकाशित मिति : ८ मंसिर २०८२ सोमबार ००:००  ५ : ४४ बजे