२ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026

दुई हप्ता पानी पर्ने छैन सम्भावना– मौसमविद् भन्छन्



काठमाडौं ।
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। मौसमविद् विनोद पोखरेलका अनुसार आउँदो दुई हप्तासम्म नेपालमा पानी पार्ने गरी कुनै प्रणाली भित्रने सम्भावना देखिएको छैन।

बंगालको खाडीमा चक्रवात विकास हुँदै गरेका भए पनि त्यस झन् पश्चिमी वायुलाई रोक्ने सम्भावना देखिएको उनले प्रक्षेपण गरेका छन्।
‘आउँदो दुई साता देशभरको मौसम घमाइलो नै हुनेछ,’ उनले सामाजिक सञ्जालमा भनेका छन्।

पानी नपर्दा काठमाडौं उपत्यकासहित देशका प्रमुख सहरहरूमा प्रदूषण बढ्न थालेको छ। त्यस्तै वन डढेलोका घटनामा पनि बढोत्तरी आएका छन्।

मंगलबार कोशी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

आज राति देशभर मौसम मुख्यतया सफा रहने छ महाशाखाको भनाइ छ।

प्रकाशित मिति : ९ मंसिर २०८२ मंगलबार ००:००  ८ : ३५ बजे