२ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026

कपिलवस्तु ब्यापार मेलाको पाचौँ दिन प्रकाश दुतराजको ‘रिमै’–‘रेशम’ले दर्शक झुमे



बाणगंगा।
बाणगंगा नगरपालिका–८ स्थित मायादेवी रंगशालामा जारी प्रथम कपिलवस्तु व्यापार मेला एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी अन्तर्गत मंसिर ९ गते मंगलबार करिब १२ हजार दर्शकले अबलोकन गरेका छन् । पाँचौ दिन चर्चित प्रकाश दुतराज, रितु थापा, विधान कार्की लगायतका कलाकारहरुले दर्शकलाई रमाईलो गराएका थिए । उनी लोक (फोक) संगीतमा बढी सक्रिय दुतराजले स्थानीय शैलीमा आधारित गीत गाउने गर्छन् । उनले मेलामा “घर कता हो बैनीको”, “रिमै”, “रेशम” जस्ता गीतहरू गाएर मेलाको रौनक नै बदलिदिएका छन् ।
बुधबार मेलाको मुख्य आकर्षणमा लोकप्रिय गायक अर्जुन सापकोटा, उज्वल गिरी, सारदा खनाल, आश्मा बञ्जाडे लगायतका कलाकारहरुको प्रस्तुती रहने संयोजक संकर भाट क्षेत्रीले बताए ।
मेलामा सिंहदरबारको झल्को दिने सचिवालय, जलपरी शो र फिस टनेल विशेष आकर्षणका रूपमा राखिएको छ । हरेक दिन रु. १०० को टिकट खरीद गर्ने दर्शकहरूलाई बीचमा लक्की ड्र मार्फत उपहार जित्ने अवसर पनि प्रदान गरिएको छ ।
उद्योग व्यापार संघ कपिलवस्तुका अनुसार मंसिर ५ देखि १७ गतेसम्म चल्ने यो व्यापार मेलाले स्थानीय उत्पादन, कृषि, पर्यटन, उद्योग तथा सांस्कृतिक पहिचानलाई एकै मञ्चमा ल्याई कपिलवस्तुको आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०८२ मंगलबार ००:००  ९ : ५२ बजे