१७ मंसिर २०८२, बुधबार | Wed Dec 3 2025

एनपीएलमा आज पनि दुई खेल: जित्नैपर्ने दबाबमा काठमाण्डू र कर्णाली



काठमाडौँ ।
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार पनि दुई खेल हुँदैछन् ।

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पहिलो खेल ११ः ४५ चितवन राइनोज र काठमाण्डू गोर्खाजबीच हुनेछ। चितवन चार अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा छ। काठमाण्डूले खेलमा दुई अङ्क मात्र बटुलेको छ।

दोस्रो खेल अपराह्न ४ बजे कर्णाली याक्स र विराटनगर किङ्सबीच हुनेछ।

तीन खेलबाट दुई अंक जोडेको कर्णालीलाई प्लेअफको यात्रालाई कायम राख्न जित्नैपर्ने दबाब छ। अंक तालिकाको दोस्रो स्थानमा रहेको विराटनगरले चार खेलबाट छ अंक जोडेको छ। शुक्रबारको खेल जितेमा उसको प्लेअफको यात्रा सहज हुनेछ।

प्रकाशित मिति : १२ मंसिर २०८२ शुक्रबार ००:००  ८ : ०९ बजे