१७ मंसिर २०८२, बुधबार | Wed Dec 3 2025

लैङ्गिक हिंसा बिरुद्दको १६ दिने अभियानको अवसरमा साइबर अपराध सम्बन्धि अन्तरक्रिया



मायादेवी अनलाइन, बुद्धभूमि ।
लैङ्गिक हिङ्सा बिरुद्धको १६ दिने अभियानको अवसरमा बुद्धभुमी नगरपालिकाले साइबर अपराध सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको आयोजना तथा किर्डाक नेपालको समन्वयमा भएको उक्त कार्यक्रममा सहभागीले म लैङ्गिक हिंसा गर्दिन, म हिंसा सहन्न देखेमा प्रतिकार गर्छु आवाज उठाउछु भन्दै सामुहिक प्रतिबद्धता जनाएका छन ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक बिराट शर्माले साइबर अपराध सम्बन्धि प्रस्तुतीकरण दिनुभएको थियो । शर्माले लिङ्गको आधारमा गरिने हिंसानै लैङ्गिक हिंसा भएको भन्दै यसमा महिला मात्र न भएर पुरुस सङ्गै समाजका अन्य ब्यक्ती पनि प्रभावित भएको बताउनु भयो ।

समग्रमा हेर्दा महिलाहरुनै हिंसा बाट पीडित हुने गरेको बताउनु भयो । पछिल्लो समय सामाजिक सन्जालबाट पनि हिंसाका घटना बढ्ने गरेको भन्दै यो मुख्री चुनौती रहेको बताउनु भयो । यस्तै प्रमुख अतिथी तथा नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले हिंसा अन्त्यकालागी सबैको साथ र सहकार्य आवश्यक रहेको बताउनु भयो ।

उहाले महिलाहरु हरेक रुपमा सक्षम बन्नु पर्ने भन्दै हिंसाको अन्त्य आफुबाट सुरुगर्नु पर्नेमा जोड दिनुभयो । नगरपालिकाका उपप्रमुख मिरा थारुले महिलामाथि हुने हिंसा को स्वरुप बद्लिएको भन्दै यसको अन्त्य गर्नै सबैको साथ सहकार्य आवश्यक पर्ने बताउनु भयो । कार्यक्रममा महिला अधिकारकर्मी, बिद्यार्थी, जनप्रतिनिधि कर्मचारी लगाएतको सहभागीता रहेको थियो । कार्यपालिका सदस्य कमला चौधरीको स्वागत मन्तब्य रहेको कार्यक्रमको सन्चालन सामाजिक बिकास शाखाकि सीता घिमिरेले गर्नु भएको थियो ।

प्रकाशित मिति : १२ मंसिर २०८२ शुक्रबार ००:००  १० : ११ बजे