३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

धादिङको धुनिबेसीमा एकै ठाउँमा सातवटा गाडी दुर्घटना



धादिङ

पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सातवटा सवारी एकै ठाउँमा दुर्घटनामा परेका छन्। 

स्कुल बससहित चारवटा बस, दुईवटा ट्रक र एउटा मोटरसाइकल दुर्घटनामा परेका हुन्।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालका अनुसार भारतीय नम्बर प्लेटको ट्रकको ब्रेक फेल भएपछि अन्य सवारीलाई ठक्कर दिँदा दुर्घटना भएको हो।

अहिले दुर्घटनास्थलबाट प्रहरी र स्थानीयले घाइतेको उद्धार गरिरहेको छ। दुर्घटनापछि सडकमा यातायात पूर्णरुपमा अवरुद्ध भएको छ।

दुघटनास्थलमा रहेका पत्रकार आशीष ठकुरीअनुसार दुई वटा बसमा सवार अधिकांश यात्रु घाइते भएका छन्।

घाइतेलाई उद्धार गरी नजिकैको स्वास्थ्य संस्था र काठमाडौँतर्फ पठाइएको र प्रहरीद्वारा दुर्घटनामा परेका सवारीलाई हटाएर बाटो खुलाउने प्रयास भइरहेको छ।

प्रकाशित मिति : २० मंसिर २०८२ शनिबार ००:००  ६ : ४२ बजे