२४ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

साढे चार लाखको टिमुरसहित एक जना पक्राउ



गुलरिया(बर्दिया) । अवैधरुपमा ओसारपसार गर्दै गरेको चार क्विन्टल ६२ किलोग्राम जडीबुटी टिमुरसहित एक जना पक्राउ परेका छन् । बाँसगढी नगरपालिका वडा-१ चेपाङदेखि टिमुर पक्राउ गरिएको हो । 

बाजुराबाट नेपालगञ्जतर्फ लैजाँदै गरेको अवस्थामा सु प प्र ०१-००१ क २१७४ नम्बरको ट्रकलाई चेकजाँच गर्दा १८ ओटा बोरामा राखिएको टिमुर फेला परेको हो । 

ट्रक चालक शुक्लाफाँटा नगरपालिका वडा २ बस्ने ४३ वर्षीया तेजबहादुर जागरीलाई प्रहरीले पक्राउ गरेको छ । नियन्त्रणमा लिइएको टिमुर आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेमा बुझाइएको छ । 

टिमुर कुनै पनि अनुमति नलिई ओसारपसार गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले बताउनुभयो । 

प्रकाशित मिति : २४ मंसिर २०८२ बुधबार ००:००  ४ : ०७ बजे