२६ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025

पाल्पाको निस्दीमा जीप दुर्घटना हुँदा ३ जनाको ज्यान गयो



पाल्पा ।
पाल्पाको निस्दीमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । निस्दी गाउँपालिका–४ मित्यालको चिउरेवासमा आज विहान लु १ ज ३९०८ नम्वरको जीप दुर्घटना भएको हो ।

जीप दुर्घटनामा ज्यान गुमाएकाहरुको अहिलेसम्म परिचय खुल्न सकेको छैन । घाइतेहरुको उद्धार कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २६ मंसिर २०८२ शुक्रबार ००:००  १२ : ११ बजे