३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

जाँचबुझ आयोगले लियो प्रधान सेनापतिसहित सैनिक अधिकारीको बयान



काठमाडौं ।

भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले प्रधान सेनापति अशोकराज सिग्देल सहित सैनिक अधिकारीहरूको बयान लिएको छ।

सोमबार आयोगले सिग्देल सहित केही अधिकारीहरूको बयान लिएको आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिए। सिग्देलसहित अधिकारीहरूको बयान सकिएको छ।

अहिले तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, हालका आइजिपी दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका आइजिपी राजु अर्यालको बयान जारी छ। उनीहरूको बयान जारी नै रहेको प्रवक्ता शर्माले बताए। यस्तै, अब अर्को साता तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान लिने तयारी रहेको पनि उनले जानकारी दिए।

‘यो सातामा अहिले जारी रहेका बयान सकिन्छ। रमेश लेखकको बयान अर्को साता हुन्छ,’ उनले भने।

प्रकाशित मिति : २९ मंसिर २०८२ सोमबार ००:००  ६ : ४६ बजे