३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025

आज यस्तो रहनेछ मौसम



काठमाडौँ ।

हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबारबिहान देशभर मौसम मुख्यतया सफा रहेको छ ।

दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली भूभागमा आंशिक बदली रहनेछ । अन्यत्र  मौसम मुख्यतया सफा रहेको छ।  

राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

प्रकाशित मिति : ३ पुस २०८२ बिहिबार ००:००  ८ : २४ बजे