३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025

एमाले अध्यक्षमा ओली निर्वाचित



काठमाडौँ ।
केपी शर्मा ओली एमाले अध्यक्षमा तेस्रो पटक निर्वाचित भएका छन् । ओलीले १ हजार ६ सय ६३ मत ल्याएका छन् । त्यस्तै अध्यक्षका अर्का उम्मेदवार ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गरेका छन् ।

पूर्वमहासचिवसमेत रहेका ईश्वर पोखरेल भने अध्यक्षमा पहिलो पटक प्रतिस्पर्धामा उत्रिएका हुन् । यसअघि ओली काठमाडौंमा २०७१ मा सम्पन्न नवौँ महाधिवेशनमा पहिलोपल्ट अध्यक्षमा निर्वाचित भएका थिए ।

त्यसपछि २०७८ मा सौराहा महाधिवेशनबाट उनी दोस्रो पटक अध्यक्ष चुनिए । २०६५ मा बुटवलमा आयोजित आठौं महाधिवेशनमा भने ओली झलनाथ खनालसँग पराजित भएका थिए ।

प्रकाशित मिति : ३ पुस २०८२ बिहिबार ००:००  १ : २९ बजे