२५ फाल्गुन २०८२, सोमबार | Mon Mar 9 2026

भदौ २३–२४ को घटनामा राजनीतिक एजेन्डा र सत्ता हस्तक्षेपको आकाङ्क्षा थिएन: नेपाली सेना



काठमाण्डाै ।

नेपाली सेनाले भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलन तथा त्यसपछिको अशान्त परिस्थितिमा संविधानको अक्षर र मर्म अनुसार संयमित भूमिका निर्वाह गरेको जनाएको छ ।

जङ्गी अड्डाले सार्वजनिक गरेको विश्लेषणमा ती दिनहरूमा देश उच्च जोखिमको अवस्थामा पुगेको र थप मानवीय क्षति रोक्नु नै सेनाको प्रमुख लक्ष्य रहेको उल्लेख छ । यदि सेनाले कार्यपालिकाको स्पष्ट आदेशविना हस्तक्षेप गरेर २४ गते थप नागरिकको ज्यान गएको भएमा परिस्थिति सम्हालिन कठिन हुनुका साथै विनाआदेश आफैँ परिचालन भएको दोष पनि सेनामाथि नै पर्ने खतरा रहेको जङ्गी अड्डाको विश्लेषणमा भनिएको छ ।

सङ्कटको घडीमा उद्धार, मानवीय सहायता र संवेदनशील ठाउँको संरक्षणमा सीमित तर आवश्यक भूमिका आफूहरूले खेलेको सेनाको भनाइ छ ।

नवयुवा आन्दोलनपछिको राजनीतिक अन्योलका बीच परिस्थितिलाई थप बिग्रिन नदिन सरोकारवालाबीच संवाद र समन्वयको वातावरण बनाउन सहजीकरण गरेको उल्लेख गर्दै सेनाले कुनै राजनीतिक एजेन्डा अघि नबढाएको र सत्ता हस्तक्षेपको आकांक्षा नराखेको स्पष्ट पारेको छ । निर्णयको अधिकार कार्यपालिका र राष्ट्रपतिमै सीमित रहँदा सेनाले त्यसलाई पूर्णरूपमा सम्मान गरेको सेनाको भनाइ छ । रासस

प्रकाशित मिति : ७ पुस २०८२ सोमबार ००:००  ३ : ४४ बजे