काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलको समन्वयमा प्रधानमन्त्री सुशीला कार्की र प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूबीच छलफल सुरु भएकाे छ। जेनजी आन्दोलनपछि सरकार र प्रमुख दलका शीर्ष नेताहरूबीचकाे याे पहिलाे छलफल हाे।
राष्ट्रपति निवास शीतलनिवासमा सुरु भएकाे छलफलमा राष्ट्रपति पाैडेल र प्रधानमन्त्री कार्कीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड सहभागी छन्।
तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्ने र त्यसका लागि आवश्यक वातावरण निर्माण गर्नुपर्ने दबाबमा सरकार रहँदा राष्ट्रपति रामचन्द्र पाैडेलकाे समन्वयमा पहिलाे पटक शीर्ष तहमा छलफल हुन लागेकाे हाे। त्यसकारण पनि यसलाई महत्वका साथ हेरिएकाे छ।







प्रतिक्रिया