१६ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

एमाले नेता बासुदेव घिमिरेद्वारा पार्टी परित्याग



काठमाण्डौ ।

नेकपा एमालेका नेता एवम् पूर्वसांसद बासुदेव घिमिरेले पार्टी परित्याग गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमा मुख्य नेतृत्वले नागरिकको इच्छा र चाहना सम्बोधन गर्ने अवस्था नदेखिएकोले आफूले पार्टी परित्याग गरेको उल्लेख गर्नुभएको छ ।

नेता घिमिरेले सुशासन, विकास र रोजगारीका साथ देशलाई समृद्धीको यात्रामा अघि बढाउने अभियानमा निष्ठाका साथ सधैँ काम गरिरहने बताउनुभएको छ । घिमिरे २०७९ सालको चुनावमा रुपन्देही–५ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको थियो ।

उहाँ तिलोत्तमा नगरपालिकाको पूर्वमेयर पनि हुनुहुन्छ । नेकपा एमालेको हालै सम्पन्न ११औं महाधिवेशनमा केन्द्रीय सदस्यका उमेद्वार घिमिरे पराजित हुनुभएको थियो ।

प्रकाशित मिति : १६ पुस २०८२ बुधबार ००:००  ९ : ४६ बजे