१९ श्रावण २०८३, मंगलबार | Wed Aug 5 2026

माहुरी होमको १८ औ बार्षिक साधारण सभा



कपिलवस्तु ।

कपिलवस्तुको तौलिहवामा मधेस मानव अधिकार गृह माहुरी होमको १८ औ बार्षिक साधारण सभा संपन्न गरिएको छ । सभाको राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश प्रमुख संतोष आचार्यले उदघाटन गर्दै मावन अधिकार रक्षाकालागि माहुरीले होमले गरको प्रयास प्रशनीय रहेको बताउनुभयो ।

उहाले तराई मधेसमा घट्ने मावन अधिकार उल्लघनको घटनामा माहुरी होमले पैरबी गरेर मावन अधिकारको रक्षाकालागि पहल गरेको बताउनुभयो । उहाले सबै मिलेर मानव अधिकारको रक्षाकालागि साथ दिनु पर्ने बताउनुभयो ।

कार्यक्रममा संस्थाकी महासचिव अमृता अनमोल र आर्थिक प्रतिबेदन कोषाध्यक्ष ओमप्रकाश त्रिपाठीले प्रस्तुत गर्नुभयो । संस्थाका अध्यक्ष रामदयाल ठाकुरको अध्यक्षता, रिखिराम हरिजनको संचालनमा भएको कार्यक्रममा गैसस महासंघ कपिलवस्तुका अध्यक्ष जय प्रकाश पाण्डेय, महिला अधिकारकर्मी पुष्पा रेग्मी, ईन्सेक जिल्ला प्रतिनिधि रिमा बिसि लगायतले शुभकामना मन्तब्य दिएका थिए ।

प्रकाशित मिति : २१ पुस २०८२ सोमबार ००:००  १० : १७ बजे