२६ माघ २०८२, सोमबार | Mon Feb 9 2026

दाङमा पुल निर्माणका लागि खनेको खाल्डोमा मोटरसाइकल खस्दा दुई जनाको ज्यान गयो



दाङ ।

दाङमा पुल निर्माणका लागि खनेको खाल्डोमा मोटरसाइकल खस्दा दुई जनाको ज्यान गएको छ ।

घोराही–तुलसीपुर सडक खण्डअन्तर्गत घोराही उपमहानगरपालिका–१६ सेवारखोलामा पुल बनाउनका लागि खनेको खाल्डोमा लुम्बिनी प्रदेश ०२–००१ प ११०२ नम्बरको मोटरसाइकल खसेको हो ।

दुर्घटनामा रोल्पाको त्रिवेणी गाउँपालिका–७ का मोटरसाइकल चालक २८ वर्षीय ज्ञानेन्द्र बुढाथोकी र तुलसीपुर उपमहानगरपालिका–१७ का ३९ वर्षीय कमल वलीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रमेश  बोहराले जानकारी दिनुभयो ।

घोराहीबाट तुलसीपुरतर्फ गुडिरहेको मोटरसाइकल आज बिहान साढे ९ बजेतिर दुर्घटना हुँदा गम्भीर घाइते भएका दुई जनाको उपचारका क्रममा राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान घोराहीमा ज्यान गएको हो ।

प्रकाशित मिति : २६ माघ २०८२ सोमबार ००:००  १ : ५३ बजे