दाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरुले प्रचार–प्रसार खर्चको पारदर्शिता र वित्तीय अनुशासन सुनिश्चित गर्न निर्वाचन आयोगले बैंक खाता सञ्चालन गर्न निर्देशन दिएको छ ।
प्रदेश निर्वाचन कार्यालय लुम्बिनी प्रदेश, दाङले सोमबार एक सूचना जारी गर्दै दाङ क्षेत्र नं. १, २ र ३ का उम्मेदवारहरुलाई निर्वाचन प्रचार–प्रसार खर्चका लागि अलग्गै बैंक खाता खोली त्यसको विवरण कार्यालयमा पेश गर्न आग्रह गरेको हो । कार्यालयले उम्मेदवारहरूले खाता खोलेको प्रमाणपत्रसहित आवश्यक कागजातहरू पेश गर्नुपर्ने जनाएको छ । आवश्यक कागजातमा कार्यालयको अनुमतिपत्रका दुई प्रति, उम्मेदवारको नाममा खाता खोलिएको प्रमाणपत्र, उम्मेदवारको नागरिकता र खाता खोल्ने व्यक्तिलाई दिइएको आधिकारिक पत्रसमेत समावेश गर्नुपर्ने बताइएको छ ।
निमित्त प्रदेश निर्वाचन अधिकारी लालसिंह खड्काद्वारा हस्ताक्षरित उक्त सूचनामा बैंक खाता सञ्चालनका लागि उम्मेदवारहरूले छिटो आवश्यक प्रक्रिया पूरा गर्न अनुरोध गरिएको छ । साथै सम्बन्धित जिल्ला निर्वाचन कार्यालय र आर्थिक प्रसाशन फाँटलाई समेत जानकारी गराइएको छ ।







प्रतिक्रिया