२५ फाल्गुन २०८२, सोमबार | Mon Mar 9 2026

चार महिना अघि खुलेको श्रम संस्कृतीसहित ५ वटा राष्ट्रिय दल बन्ने निश्चित



काठमाण्डौ ।

नेपालमा पाँच वटा राजनीतिक दलहरुले राष्ट्रिय दलको मान्यता पाउने निश्चित भएको छ । प्रत्यक्षतर्फ १ सय २४ र समानुपातिकतर्फ झन्डै आधा मत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा ठूलो मात्र नभई एक्लै सरकार चलाउन सक्षम दल बनेको छ ।

यस्तै कांग्रेस दोस्रो, एमाले तेस्रो, नेकपा चौथो र श्रमसंस्कृती पार्टी पाँचौं हुँदै राष्ट्रिय दल बन्ने भएका हुन् । यस अघि राष्ट्रिय दल बनेको राप्रपाको पनि सम्भावना भने कायमै छ । उसले प्रत्यक्षतर्फ १ सिट जिते पनि समानुपातिकतर्फ कुल सदर मतको ३ प्रतिशत पुर्‍याउन सङ्घर्ष गरिरहेको छ ।

यसअघि राष्ट्रिय पार्टीको मान्यता पाएको जनता समाजवादी पार्टी, नेपाल यस पटक वञ्चित भएको छ । राजनीतिक दलसम्बन्धी ऐनअनुसार प्रतिनिधि सभामा राष्ट्रिय दल बन्न प्रत्यक्षतर्फ कम्तीमा १ सिट र समानुपातिकतर्फ कुल सदर मतको कम्तीमा तीन प्रतिशत मत ल्याउनुपर्छ ।

राष्ट्रिय दलको मान्यता पाएका पार्टीले संसदमा एउटा संसदीय दलको कार्यालयसहित सांसदको सङ्ख्याअनुसार कर्मचारी र खर्चको सुविधा पाउँछन् । हरेक राष्ट्रिय दलको संसदीय दलका प्रमुख सचेतकले पनि संसद सचिवालयबाट गाडीसहित सचिवालय र कर्मचारीको सुविधा पाउने व्यवस्था छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८२ सोमबार ००:००  ७ : ०६ बजे