२१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026

सामुदायिक कुकुरलाई मारेको आरोपमा एकजना पक्राउ



सुनसरी ।

सुनसरीको कोशी गाउँपालिकामा सामुदायिक कुकुरलाई कुटपिट गरी मारेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार कोशी गाउँपालिका–३ का ३५ वर्षीय सन्तोष दासलाई प्रहरीले पक्राउ गरेको हो।दासले गत फागुन २४ गते बिहान करिब ६ बजे आफ्नो मकैबारीमा पसेको निहुँमा सामुदायिक कुकुरलाई लठ्ठीले निर्घात कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते भएको उक्त कुकुरको केही समयपछि मृत्यु भएको थियो।

घटनाबारे परेको जाहेरीका आधारमा खटिएको प्रहरी टोलीले दासलाई बुधबार दिउँसो उनकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

पक्राउ परेका दासमाथि पशुपन्छीसम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय सुनसरीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति : २८ फाल्गुन २०८२ बिहिबार ००:००  ३ : ५९ बजे