काठमाण्डाै ।
नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात निरन्तर भइरहेकाले अनावश्यक सञ्चित नगर्न उपभोक्तामा आग्रह गरेको छ । निगमका प्रवक्ता मनोज ठाकुरले साविककै परिणाममा ग्यासको आयात भइरहेको बताउनुभयाे ।
‘नेपालको मासिक खपत ४५/४६ हजार मेट्रिक टन हो । हरेक महिना त्यही परिणाममा आयात भइरहेको छ । फागुन २६ गतेसम्म ४५ हजार ५०० मेट्रिक टन आयात भएको छ’, प्रवक्ता ठाकुरले भन्नुभयो, ‘घरघरमा ग्यासको भण्डारण गरेर जोखिम नमोल्न आग्रह गर्दछु ।’
ग्यासको बिक्री/वितरण सहज बनाउन निगमले निर्देशन दिइरहेको बताउँदै उहाँले कहीँकतै अनियमितता भएको देखिए सूचना दिन आग्रह गर्नुभयो ।
पछिल्लो समय मध्यपूर्वमा विकसित घटनालाई लिएर उपभोक्ताबाट ग्यासको माग उच्च देखिएपछि निगमले आधा सिलिन्डर ग्यास बिक्री गर्न उद्योगलाई निर्देशन दिएको छ । ग्यास उद्योगले आजदेखि ७ दशमलव १ किलो ग्यास भरेर सिलिन्डर बजारमा पठाएका छन् ।







प्रतिक्रिया